Incident Reports

यातायात व्यवसायीबीच झडप, प्रहरीसहित दुई दर्जन घाइते

2015-11-01

Lumbini, Gulmi, Musikot

यातायात ब्यावसायीहरुबीच झडप भएपछि रुकममा यातायात ठप्प भएको छ। सिस्ने हिमाल बस तथा मिनिबस समिति रुकुम र रुकुम यातायात प्रा.लि.बीच गाडी सञ्चालनको विषयलाई लिएर आईतबार झडप भएको हो। झडपमा परी दुवै पक्षका दुई दर्जन बढी घाईते भएका छन्। झडपमा गम्भिर घाइते सिस्ने हिमाल समितिका कर्माचारी तिलक रेउलेको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भइरहेको प्रहरी निरिक्षक दिपक मगराठीले जानकारी दिए। निरिक्षक मगराठीका अनुसार झडपका क्रममा करिब आधा दर्जन जति साना ठूला सवारीसाधनमा क्षति पुगेको छ। दोहोरो झडपमा तीन जना प्रहरी समेत घाइते भएको उनले बताए। रुकुम प्रा.लि. दर्ता गरेर साना गाडी सञ्चालन गर्न थालेपछि सिस्ने हिमाल बसको स्टेशन नजिक झडप भएको हो। दुवै पक्षका युवाहरु बीच दोहोरो हानाहान भएपछि प्रहरीले केही समय लाठी चार्ज समेत गरेको थियो। प्रहरीले सिस्ने हिमाल बस समितिको कार्यालयबाट समितिका अध्यक्ष महेन्द्र बुढा, कोषाध्यक्ष दिलिप थापा,कार्यालय प्रमुख सुधन श्रेष्ठ,कर्माचारीहरु यौवन पुन,सम्पति बुढा,नगेन्द्र पुन लगाएतका १२ जनालाई पक्राउ गरेको उक्त समितिले जनाएको छ। तर, समितिका बरिष्ठ उपाध्यक्ष सायधन बुढाले कार्यालयमा बसेको समयमा अध्यक्ष लगाएत कार्यालय प्रमुख सहितका ब्यक्तिहरुलाई प्रहरीले विनाकारण गिरफ्तार गरेको बताए। उपाध्यक्ष बुढाले त्यसको विरोधमा समितिद्वारा संचालन हुने सबै सवारीसाधन अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिए। अध्यक्ष लगायतका सबैलाई बिनासर्त रिहाई नगरिएसम्म सेवा सुचारु नगरिने बताए। प्रहरीले हिरासत भित्रै समितिका पदाधिकारीहरुलाई हातपात गरेको बुढाको आरोप छ। यसैविषयलाई गाडिहरु तोडफोड भएको विरोधमा सल्यान–रुकुम यातायात समिति सल्यान,राप्ती अञ्चल यातायात समिति दाङले पनि रुकुममा संचालन हुने सबै बस सेवाहरु अनिश्चितकालका लागी बन्द गरेका छन्। राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समिति तुलसीपुर दाङका डायल इञ्चार्ज प्रकाश भट्टका अनुसार सुरक्षाको अनुभुति नहुन्जेल गाडीहरु सञ्चालन गरिने छैन। रुकुमबाट काठमाडौ‌ंसम्म सेवा दिने उद्देश्य एक साता अघिबाट तीनवटा साना क्रिया गाडिहरु रुकुम समितिले लगिएपछि यातायात ब्यावसायीहरुबीच विवाद सुरु भएको हो। रुकुम यातायात प्रा.लि.का अध्यक्ष केशव रावलले भने, 'हामीले मिनि डिलक्स गाडिहरु संचालनमा ल्याउन खोज्दा अवरोध गर्न खोजियो। दादागीरी शैलीमा एकाधिकार र सिन्डिकेट लाद्न खोजियो।' झडपमा आफ्नो तर्फ दुइ दर्जन जति घाइते भएको उनले दाबी गरे। उक्त प्रालिले आइतबार बिहानबाटै आफनो सेवा सुरु गर्न थालेपछि रुकुमा समितिबीच झडप भएको हो। रुकुमबाट छुटेको एउटा मिनि डिलक्स गाडि असुरक्षाका कारण रुकुम र सल्यानको सिमा क्षेत्र झुल्नेटामा रोकिएको अध्यक्ष रावलले जानकारी दिए। प्रहरीले समितिहरुका बीचमा झडप नहोस भनेर ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons None
Primary Cause Violence in other institutions
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Total Injured 27
Totally damaged Vehicles 6
National/Online Media

0 Comments

Related Reports