Incident Reports

बल प्रयोग गरी नाका खोलेपछि वीरगन्जमा ठाउँठाउँमा प्रदर्शन

2015-11-02

Madhes, Parsa, Birgunj

प्रहरीले बिहान झिस्मिसेमै धर्नास्थलमा सुतिरहेका प्रदर्शनकारीहरुलाई बल प्रयोग गरि हटाएर रक्सौल नाका सुचारु गरेको विरोधमा वीरगन्जमा अहिले जताततै प्रदर्शन सुरु भएको छ । आन्दोलनकारीहरुले भन्सार तर्फ जाने सबै चोकहरुमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् । प्रहरीले पुन: नाकामा प्रदर्शनकारी जम्मा नहुन भनेर वीरगन्जको रजत जयन्ती चोकबाट नै मानिसहरुलाई नाका तर्फ आउन दिएको छैन । भारत तर्फ जाने यात्रु भएको खुलेपछि परिचयपत्र हेरेर मात्रै प्रहरीले सर्वसाधारणलाई नाका तर्फ जान दिएको छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले विगत ४० दिनदेखि वीरगन्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमै पाल टाँगेर २४ घन्टा धर्ना दिँदै आएका थिए । प्रहरीले साेमबार बिहान साढे ४ बजे हस्तक्षेप गरी प्रदर्शनकारीलाई हटाएकाे थियो । update.... वीरगञ्ज तनावग्रस्त, १५ राउन्ड गाेली प्रहार अान्दाेलनकारी हटाएर सुरक्षाकर्मीले केही बेर वीरगञ्ज नाका खुलाएसँगै वीरगञ्ज तनावग्रस्त भएकाे छ। बस पार्क क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेकाे हाे। साे ठाउँकाे स्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले १५ राउन्ड गाेली चलाएकाे छ। वीरगञ्जमा अलपत्र करिब ५ सय भारतीय गाडी भारतीय क्षेत्रमा प्रवेश गरेसँगै वीरगञ्ज क्षेत्र तनावग्रस्त बनेकाे हाे।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments