Incident Reports

समाचारको विषयलाई लिएर पत्रकारमाथि हातपात

2015-10-31

Lumbini, Banke, Rapti Sonari

Binod Pandey कोहलपुर नपा -१९ निवासी पिपलबोट राष्ट्रिय दैनिकका प्रकाशक एवम् रेडियो कोहलपुर एफएमका स्टेशन म्यानेजर ३० वर्षीय चेतकान्त भट्टराईलाई समाचारको विषयलाई लिएर कात्तिक १४ गते कोहलपुरस्थित कनौडिया आयल स्टोरका सन्चालक सञ्जय कनौडियालगायत केही मानिसले हातपात गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा कात्तिक १४ गते उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालयले आरोपित कनोडियालाई कात्तिक १४ गते गिरफ्तार गरेको छ । असोज २६ गते पेट्रोल बाड्ने क्रममा कनौडियाले मनपरी गरेका कारण असोज २७ गतेको पिपलबोट दैनिकमा समाचार प्रकाशित भएको विषयलाई लिएर कनोडियाले मान्छे लगाएर कुटपिटको प्रयास गरेको पीडित पत्रकार चेतकान्त भट्टराईले बताए । इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी राजीव बस्नेतले आरोपित कनौडिया उपर सार्वजनिक मुद्दा दर्ता गरिएको बताए । आरोपित पक्षले पत्रकार चेतकान्तले दलबलसहित आफूलाई कुटपिट गर्न आएको भन्दै कात्तिक १५ गते उजुरी दर्ता गराएका छन् । पत्रकार महासङ्घ र प्रेस युनियन बाँकेले छुट्टा छुट्टै विज्ञप्ति प्रकाशन गरी घटनाको भर्त्सना गर्दै प्रेस स्वतन्त्रता विरोधी कार्य भएकोले दाषीलाई कारवाहीको माग गरेका छन् । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments