Incident Reports

हेटौडाको एक होटेलमा ४० बर्सिया महिला मृत अवस्था मा फेला

2015-11-02

Bagmati, Makawanpur, Hetauda

हेटौँडा उपमहानगरपालिका ११ थानाभर्‍याङस्थित एक होटलमा कार्यरत एक ४५ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेर हत्या गरेको घटना एक सातापछि जानकारीमा आएको छ । हाइवे होटलमा तीन युवकले महिलालाई बलात्कार गरेर उनीसँग भएको तीन तोला सुनका गहना लुटेर लगेका थिए । कात्तिक १४ गते राती हाइवे होटलमा बास बस्न गएका भारत घर भई हेटौडामा ट्रकको वडी बनाउने ठाउँमा मजदुरी काम गर्दै आएका तीन युवकलाई प्रहरीले नियन्त्रण लिएर सोधपुछ गर्दा उक्त घटनाको रहस्य खुलेको हो । होटलमा २ वर्षेदेखि कार्यरत महिलाको शव कात्तिक १५ गते बिहान आफ्नै कोठामा फेला परेको थियो । उनको कानको लोती लुछिएको थियो भने घाँटीमा चोट लागेको थियो । प्रहरीले अनुसन्धानको क्रममा कात्तिक १४ गते होटलमा बसेका भारत घर भई हेटौँडा-१० स्थित चन्देश्वर शर्माको बडी विर्ल्र्डसमा काम गर्ने २४ वर्षीय सजित शर्मा, २६ वर्षीय बब्लु शर्मा र हेटौडास्थित छोटे वडी विर्ल्र्डसमा काम गर्ने २३ वर्षीय छोटे शर्मालाई गिरफ्तार गरेको थियो । गिरफ्तार परेका तीनै जनाले महिलालाई सामूहिक बलात्कार पश्चात सुनको गहना लुट्न हत्या गरेको प्रहरी समक्ष साविती बयान दिएका छन् । 'महिलाको हत्या उनीहरूले नै गरेका हुन्'-प्रहरी नायब उपरीक्षक शिशु शर्माले भने,-'हत्याको कारणका बारेमा अनुसन्धान भइरहेको छ ।' मकवानपुर निवुवाटार घर भएकी उक्त महिला २०७० सालदेखि उक्त होटलमा काम गर्दै आएकी थिइन् । मृतक महिलाको हेटौँडा अस्पतालमा ०७२ कात्तिक १६ गते पोष्टमार्टम गरिएको थियो । उनको आफन्तले जिल्ला प्रहरी कार्यालय हेटौँडामा कात्तिक १५ गते घटनाको बारेमा उजुरी दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Robbery
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC

0 Comments