Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2015-10-29

Lumbini, Rolpa, Suwarnabati

अरेश गाविस-६ की ५१ वर्षीया रमी रोकाको हत्या गरेको आरोपमा ५८ वर्षीय पति टकबहादुर रोकालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले कात्तिक १५ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ। मादक पदार्थ सेवन गरी घरमा आएका रोकाले सामान्य घरायसी झगडामा कात्तिक १२ गते राति धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेको मृतकका छोरा पुरन रोकाले इलाका प्रहरी कार्यालय, सुलिचौरमा कात्तिक १३ गते जानकारी दिएको प्रहरीले जनाएको छ । घटनाका आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्स्पेक्टर शेखरजङ्ग मल्लले जानकारी दिए । आरोपितलाई कात्तिक १५ गते नै जिल्ला अदालत रोल्पाबाट म्याद थप अनुमति लिई १० दिनसम्म अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुलिचौरमा राखिएको मल्लले बताए । मृतकको कात्तिक १४ गते जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम गरिएको थियो। माधवकुमार ओली
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments