Incident Reports

प्रहरीमाथि पेट्रोल बम प्रहार, चौकीमा आगजनी

2015-11-02

Madhes, Parsa, Birgunj, Ward 2

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पर्साको इलाका प्रहरी कार्यालय लङ्गरीमा आगजनी गरेका छन्। प्रहरीले बल प्रयोग गरेर वीरगन्ज नाका खुलाएको आक्रोसमा उनीहरुले प्रहरी चौकीमा आगजनी गरेका हुन्। आगजनीपछि त्यहाँ कार्यरत प्रहरीहरुलाई इलाका प्रहरी कार्यलय पोखारियामा सारिएको पर्सा प्रहरीले जनाएको छ। त्यस्तै मोर्चाका कार्यकर्ताहरुले नाका पुनः बन्द गराएपनि वीरगन्जका विभिन्न स्थानमा आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन्। आन्दोलनकारीले वीरगन्जको घन्टाघरस्थित प्रहरी बिटमा तोडफोड गरेका छन्। प्रहरीले बसपर्कमा हस्तेक्षप गर्दै अश्रुग्यास र रबरको गोली प्रहार गरेपछि आन्दोनकारीले पनि प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्। बम प्रहारबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। अहिले पनि वीरगन्जको विभिन्न स्थानमा आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Vandalism
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments