Incident Reports

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २० वर्ष कैद

2015-11-02

Province 1, Taplejung, Phaktanglung

(PR) आफ्नै छ वर्षीया नाबालिका छोरीलाई बलत्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लेजुङ नगरपालिका–१ का ३५ बर्षे बाबुलाई जिल्ला अदालत ताप्लेजुङले दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला सुनाएको छ। सोमबार जिल्ला अदालतले गएको असोज ३ गतेबाट प्रारम्भ भएको नेपालको संबिधान २०७२ अनुसार अनाथ तथा असहाय वालबालिकाको संरक्षण राज्यको दायित्व भित्र पर्ने भन्दै यो घटनाबाट पीडित बालिकासहित उनका दुईजना भाई र बहिनीको संरक्षणका लागि सरकारको ध्यानाकृष्ट गराएको छ । बालिकाको बयान र उनको स्वास्थ्य परीक्षण समेतबाट बालिका पीडित भएको देखिन आएको भन्दै जिल्ला न्यायधिस अशोककुमार बस्नेतको ईजलासले मुलुकी ऐनको जबरजस्ती करणीको महलको ३(१) बमोजिम पीडक बाबुलाई दशबर्ष तथा तथा हाडनाता करणी समेतको थप दश वर्ष गरी कुल २० वर्ष कैद सजाय हुने फैसला सुनाएको हो। जिल्ला प्रहरी कार्यालयले पीडित बालिकाको भिडियो बयान र उनको स्वास्थ्य परीक्षण प्रतिबेदनलगायतका प्रमाणका आधारमा ३५ वर्षे बाबुलाई दोषी देखाउँदै नाबालिका तथा हाडनाता करणीको कानुन अनुसार कैद सजाय तथा पीडाको आधारमा क्षतिपुर्तिको माग गर्दै अदालतमा मुद्या दायर गरेको थियो। उसले पीडकबाट क्षतिपूर्ति भराउन माग गरेपनि अदालतले पीडकको साथमा चल–अचल सम्पति नदेखिएको भन्दै क्षतिपुर्ति भराउन नपर्ने ठहर गरेको छ। बाबु दोषी ठहर हुदै सजायका लागि कारागार चलान भएको र आमाको एकबर्ष अघि नै मृत्यु भएको अवस्थामा पीडत वालिका, उनका तीनबर्षे भाई र एकवर्षे बहिनी अनाथ देखिन आएको भन्दै अदालतले उनीहरुको संरक्षणका लागि सरकारको ध्यानाकृष्ट गराएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments