Incident Reports

पुत्ला जलाउने पाँच पक्राउ

2015-11-03

Sudurpashchim, Kailali, Dhangadhi

वीरगन्ज सीमा नाकामा भारतीय नागरिक मारिएको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री शक्ति बस्नेतको पुतला दहन गर्ने थरुहट/थारुवान संयुक्त संघर्ष समितिका पाँच कार्यकर्ता मंगलबार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार पूर्वसभासद तथा एमाओवादी नेता कृष्णकुमार चौधरी, थरुहट/थारुवान संयुक्त संघर्ष समिति संयोजक माधव चौधरी, जिल्ला सचिवालय सदस्य नैनबहादुर चौधरी, थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य सोमति चौधरी र बालकृष्ण चौधरी पक्राउ परेका हुन्। थरुहट/थारुवान संघर्ष समिति जिल्ला समितिको आयोजनामा धनगढी उपमहानगरपालिका–७, क्याम्पस चोकमा पुतला दहन गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments