Incident Reports

प्रहरी र बालकल्याण समितिको पहलमा बालविवाहमा रोक

2015-11-03

Province 1, Morang, Biratnagar, Ward 2

प्रहरी र जिल्ला बालकल्याण समितिको पहलमा विराटनगर उमनपा-६ का एक बालकको विवाह कात्तिक १७ गते रोकिएको छ । १४ वर्षीय एक बालकले सोही उमनपा-१२ की १६ वर्षीया एक बालिकासँग गर्न लागेको विवाहका बारेमा स्थानीययवासीले सरोकारवाला निकायमा जानकारी दिएपछि बालविवाह रोकिएको हो । बालबालिकाको उमेर नपुगी विवाह गर्दा दुवैलाई समस्या हुने र बालअधिकार हनन्समेत हुने भएकोले बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी सङ्घ संस्था, र प्रहरीसहितको टोलीले बालविवाह रोकेको जिल्ला बालकल्यण समितिका बालअघिकृत सुनिता ताम्राकारले बताइन् ।

0 Comments