Incident Reports

अवैध हतियार बनाउने पक्राउ

2015-11-14

Gandaki, Myagdi, Dhaulagiri

म्याग्दीको विकट गाविस मुदी ७ खिबाङको देउरालीमा हतियार बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । आरनमा हतियार बनाउँदै गरेको अवस्थामा माझफाँट ८ पर्वतका डम्बरबहादुर विश्वकर्मा र मुदी ७ का ओमबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । भरुवा बन्दुक बनाउने काममा संलग्न भएको आरोप लागेपछि फरार भएका मुदी ६ का धनबहादुर पूर्जा र केशबहादुर पूर्जाले गएको कात्तिक २२ गते प्रहरी कार्यालयमै आएर आत्मसमर्पण गरेको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले बताउनुभयो । अवैध तथा घरेलु हातहतियार जङ्गली जनावरको शिकारमा प्रयोग हुने गरेको हुनसक्ने अनुमान गरिएको छ । खुकुरी, तामाका ग्रागी, ताउला, फलामका हँसिया, कुटो, कोदाली र घरायसी प्रयोजनमा प्रयोग हुने धातुजन्य बस्तु नयाँ निर्माण तथा मर्मतका लागि आरन भनिएपनि कारखानाबाटै ३ नाल भरुवा र ओमबहादुर सुनारको घरबाट १ थान भरुवा बन्दुक फेला परेको थियो । घरेलु पेस्तोल तथा अन्य हतियार समेत बन्न सक्ने भएकाले अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
National/Online Media

0 Comments