Incident Reports

पत्रकार महासंघ लमजुङका सचिव श्रेष्ठमाथि आक्रमण

2015-11-16

Gandaki, Lamjung, Besishahar

 पेट्रोलिय पदार्थमा भएको कालोबजारीसम्बन्धी प्रसारित समाचारको विषयलाई लिएर बेसीशहरको रानीकुवा मुलपानीस्थित जय भद्रकालीय आयल स्टोर्सका सञ्चालक श्रीकान्त घिमिरे नेतृत्वको एक समूहले कात्तिक ३० गते सा“झ नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाका सचिव एवम् रेडियो मर्स्याङ्दीका समाचार प्रमुख युवराज श्रेष्ठमाथि आक्रमण प्रयास गरेको छ । कोठाभित्र चुकुल हालेर बसेका पत्रकार श्रेष्ठ जोगिएका छन् भने बेसीशहर नगरपालिका ९, शेरास्थित डेरामा रहेको झ्यालको सिसा फुटेको छ । शुरुमा डेराको ठेगाना बताउन भन्दै आक्रामक शैलीमा फोन गरेकोमा पत्रकार श्रेष्ठले यस विषयमा भोलि कुरा गर्ने बताएर लोकेशन दिन नमानेपछि युवाहरूलाई बोलाएर घिमिरेले श्रेष्ठको डेरा खोज्दै आक्रमण गरेका हुन् । ढोका र झ्यालमा आक्रमण गरेपछि खबर प्रहरी कार्यालयमा पुगेको थियो । प्रहरी पुग्नेवित्तिकै घिमिरे र युवाहरू भागेका थिए । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments