Incident Reports

व्यापारीको हत्यारालाई २६ वर्ष जेल सजाय

2014-09-01

Lumbini, Kapilbastu, Kapilbastu

अदालतले कृष्णनगरका ५२ वर्षे कपडा व्यापारी श्यामसुन्दर मित्तलको हत्यारालाई जन्मकैदको सजायको फैसला गरेको छ । कर्तव्य ज्यान र डाका संबन्धी दुई अलग मुद्दाका ४ मध्ये ३ लाई २६ वर्ष जेल सजाए तोकिएको हो। हत्यामा संलग्न रहेका तौलिहवाका सतिश कुमार कसौल, कृष्ण कान्दु र मालिंगा भन्ने सुर्यनाथ मिश्रालाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष र डाका मुद्दामा ६ वर्ष गरी कुल २६ वर्ष कैद सजाएको फसला भएको अदालतको श्रेस्तेदार ईश्वरी भण्डारीले जनाकारी दिए । साथै ३ अपराधीलाई जनही ९३ हजारको जरिवना समेत तोकिएको छ । अदाललतको न्यायधिश हरिशचन्द्र ढंगानको एकल ईजलासको उक्त फैसला गरिएको हो । घटनामा संलग्न तौहिलावाका अर्का अभियुक्त बब्लु मौर्य न नाबालक भएकाले १३ वर्ष कैद र ४६ हजार ५ सय मात्र सजाए तोकिएको भण्डारीले बताए । घटनाका मुख्य अभियुक्त बिजय चौधरी र उनकी श्रीमती बिन्दबासिनी फरार रहेकोले पक्राउ गरी हाजिर गर्न आदेश दिइएको छ । मित्तलको छोरा नितन कुमारलाई उनीहरुबाट ६२ हजार भराई पाउने समेत फैसला भएको छ। २०७१ साउन २८ गते चन्द्रौबाट रहस्यमयढंगबाट गायव भएका ब्यापारी मित्तलको कबिर ढेड महिना पछि असोज १२ गते मात्र हत्या भएको पुष्टी भएको थियो । बब्लुलाई पक्राउ गरी केरकार गरे पछि उनकै बयानका आधारमा प्रहरीले मित्तलको शव कपिलवस्तु नगरपालिका– ३ स्थित ज्ञानचन्द्र कसौधनको शौचालयको सेफ्टी टंयाङकमा फालिएको अवस्थामा फेला पारेको थियो । बब्लुकै बयानका आधारमा घटना अन्य ३ अभियुक्तलाई प्रहरीले पक्रेर अनुसंधान अघी बढाएको थियो। व्यापारी मित्तललाई सो चार युवासहित फरार रहेका बिजय चौधरीले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ। व्यापारी मित्तलसंग बिजयले लिएको ९ रिन फिर्ता माग गरिए पछि बिजयले योजनाबद्ध ढंगबाट ब्यापारीको मिलेर हत्या गरेका थिए। हत्याको लागि बिजयले चार युवालाई ५ लाखका दरले रकम दिने लोभ देखाएका थिए । केटी मिलाई दिने भन्दै चन्द्रौटाबाट योजनाबद्धढंगबाट बिजय र बब्लुले उनलाई तौहिलवा मोटरसाइलमा ल्याएका थिए । त्यही दिन एक हप्ता अघि मात्र भाडामा लिएको घरमा लगेर उनको हत्या गरिएको थियो । हेलमेट, रड, मोटरसाईलको गेर तारले घाटँी कसेर पाँचै जना मिलेर हत्या गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Robbery
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports