Incident Reports

घाँटी रेटी हत्या गरेको अवस्थामा महिलाको लास फेला

2015-11-21

Madhes, Dhanusha, Mithila Bihari

Binod Kumar Rabidas गणेशमान चारनाथ नपा-७ की ३५ वर्षीया शोभा गुप्ताको घाँटी रेटी हत्या गरिएको अवस्थामा गणेशमान चारनाथ-७ गोदारस्थित उखुबारीमा मङ्सिर ५ गते बिहान लास फेला परेको पोरताहा प्रहरी चौकीका असई शारदाशंकर साहले बताएका छन् । सासुसँग कात्तिक ३० गते झगडा भएपछि सोही साँझ घरबाट निस्केकी शोभाको कुहिएको अवस्थामा लास फेला परेको हो । कात्तिक ३० गते राती नै शोभाको हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीयवासीले बलात्कारको आशङ्का गरे पनि प्रहरीले बलात्कार भएको पुष्टि गरेको छैन । हत्या के कति कारणले भएको हो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मुचुल्का उठाई पोष्टमार्टमको लागि लास जनकपुर अञ्चल अस्पतालमा ल्याउने प्रहरीले जानकारी दियो । शोभा हराएको भनी मङ्सिर १ गते पोरताहा प्रहरी चौकीमा पीडित परिवारले उजुरी दिएको थियो । बिनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments