Incident Reports

समाचार प्रकाशन गरेको आरोपमा पत्रकारलाई मार्ने धम्की

2015-11-23

Lumbini, Banke, Rapti Sonari

 नेपालगञ्ज उपमानपा-१ निवासी द हिमालयन टाइम्सका सम्वाददाता एवम् सद्भाव दैनिकका प्रकाशक/सम्पादक ३२ वर्षीय दामोदर भण्डारीलाई समाचार प्रकाशन गरेको आरोपमा इलाका प्रहरी कार्यालय धनौलीमा कार्यरत रही निलम्बनमा परेका इन्स्पेक्टर भरतसिंह राठोरले मङ्सिर ५ गते पत्रिकाको कार्यालयमा गई मार्ने धम्की दिनुको साथै हातपातको प्रयास गरेको पीडितले बताएका छन् । राठोर मदिरा सेवन गरेर कार्यालयमा आई मेरो बारेमा समाचार प्रकाशन गरी जागिर खाने प्रयास गरेको भन्दै आक्रमक शैलीमा प्रस्तुत भएको र फोटो खिच्न लाग्दा मोवाइल समेत भुईँमा खसालेको पत्रकार भण्डारीले बताए । दशैँअघि र पछिगरी दुई पटक प्रहरीले जुवा खालमा छापा मार्दा इन्स्पेक्टर राठोर पनि सामेल रहेको र यसै विषयमा सद्भाव दैनिकमा इन्स्पेक्टर राठोर समेतको संलग्नता रहेको समाचार प्रकाशन भएका थिए । अन्तिम पटक कात्तिक ३० गते 'अन्ततः निलम्बित भए इन्स्पेक्टर राठौर' भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । 'म जुवामा पक्राउ परेको समाचार किन लेखेको' भन्दै राठोरले मार्ने धम्की दिएको भण्डारीले बताए ।घटनाका पीडितले मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

 

त्यसैगरी खासकुश्मा गाविस-४ घर भइ नेपालगञ्ज उपमानपा निवासी नागरिक दैनिकका सम्वाददाता २९ वर्षीय अर्जुन वलीलाई भदौ १ गते नागरिक पश्चिमेलीमा 'काम अधुरै छाडेर भुक्तानी' शीर्षकमा समाचार प्रकाशन गरेको आरोपमा नेपालगञ्ज उपमानपा नागरिक टोल निवासी ठेकदार गणेश शाहीले नागरिक दैनिकको कार्यालयमा पुगेर मङ्सिर ५ गते धम्की दिनुको साथै हातपातको प्रयास गरेको पीडितले बताएका छन् । घटनाका पीडितले मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपित गणेश शाहीलाई मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी बसन्त पन्तले दुवै पक्ष बसेर छलफल गर्ने जानकारी दिए । यसैबीच मानवअधिकार सञ्जाल नेपालगञ्जले पत्रकारमाथि भएको धम्की र आक्रमण प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मङ्सिर ६ गते विज्ञप्ति प्रकाशित गर्दै प्रेस स्वतन्त्रता, मानवअधिकार र पेशागत सुरक्षामा गम्भीर चुनौती थपिएको उल्लेख गरेको छ । नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष रुद्र सुवेदी, नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष प्रल्हादबहादुर कार्की, पुनरावेदन बार इकाइ नेपालगञ्जका अध्यक्ष खिमराज गिरी, इन्सेकका क्षेत्रीय संयोजक भोला महत, एडभोकेसी फोरमका बसन्त गौतमलगायतका अधिकारकर्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचारको विषयमा आक्रमण प्रयास गर्ने र मार्ने धम्की दिने कार्यप्रति खेद प्रकट गरिएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments