Incident Reports

बसमा पेट्रोल बम, प्रहरीकै मोटरसाइकल जलाइयो

2015-11-21

Madhes, Saptari, Hanumannagar Kankalini

हिजो भएको झडपमा ३ जनाको ज्यान गएपछि आजसम्म पनि सप्तरीको भारदह तनावग्रस्त छ । उग्र प्रदर्शनकारीले रात्रिबसमा पेट्रोल बम प्रहार गरेका छन् भने मोटरसाइकल जलाइदिएका छन् । प्रदर्शनकारीले आज विहान प्रहरीबाट खोसेर को ३ प ३१३६ नम्बरको मोटरसाइकल जलाइदिएका हुन् । कर्फ्यु लगाइए पनि उल्लंघन गर्दै प्रदर्शनहरु भइरहेका छन् । गएराति आन्दोलनकारीले पश्चिमबाट पूर्व जाँदै गरेको रात्रिबसलाई मोहनी पुलमा आगजनी प्रयास गरेका छन् । प्रदर्शनकारीले केही बसमा पेट्रोल बम प्रहार गरेका थिए । असुरक्षाका कारण बरमझियामा चारसय गाडी रोकिएका छन् भने यात्रुहरुको विचल्ली छ ।

Update.......... राजविराजमा आन्दोलनकारी र प्रहरीबिच झडप, भूसंरक्षण कार्यालयमा आगजनी सप्तरीको राजविराज र भारदहमा तनाव बढेको छ । राजविराजमा रहेको गजेन्द्रचोकमा प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले २ वटा मोटरसाइकल र भूसंरक्षण कार्यालयमा आगजनी गरेका छन् । आन्दोलनकारीले भारदहमा प्रहरी चढेको को ३ प ३१३६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनी भएको अर्को मोटरसाइकलको नम्बर खुलेको छैन । आन्दोलनकारीले ना ४ ख १६०१ नम्बरको ट्रक र ना ४ ख ७०४५ नम्बरको यात्रुुबाहक बस पनि तोडफोड गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Secondary Form Arson
Weapons Improvised explosive device (IED) , Fire
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals Police
Actor 2 - Youth na
Total Killed 3
National/Online Media

0 Comments