Incident Reports

लहानमा झडप, प्रहरीद्वारा हवाई फायर

2015-11-23

Madhes, Siraha, Lahan

सिरहाको लहानमा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर अघि झडप भएको छ । झडपमा करिब आधा दर्जन प्रदर्शनकारी घाईते भएका छन् । संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाका लहान संयोजक कृष्णबहादुुर यादबलगायतका आधा दर्जन बढी प्रदर्शनकारी घाईते भएका हुन् । घाईतेहरुको उपचार लहानस्थित विभिन्न अस्पतालहरुमा भईरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायरसमेत गरेको छ । अहिले लहानस्थित राजमार्गमा नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिन्छ । आन्दोलनकारीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनकारीले लहान, गोलबजार, मिर्चैयास्थित राजमार्ग र सिरहा सदरमुकाममाको बिभिन्न ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । उनीहरुले राजमार्ग र जिल्ला सदरमुकाम क्षेत्रका बजार पसलहरु समेत बन्द गराएका छन् । मोर्चाले सिरहाको लहानको रमेश महतो चोक र पूरानो चोहर्बास्थित राजमार्गमा टेण्ट राखेर आइतबार साँझबाट धर्ना सुरु गरेको थियो । मोर्चाका सिरहा संयोजक किशोरी यादवले राति १०–११ बजे प्रहरीले धर्नाकारीमाथि लाठी बर्साएको आरोप लगाए । स्थानीय प्रशासनले रातिको समयमा राजमार्गमा यातायात सेवा सञ्चालनमा अवरोध आउन नदिन पूर्वमा बलान नदी र पश्चिममा कमला नदीसम्म राजमार्गदेखि उत्तर र दक्षिणमा ५/५ सय मिटर क्षेत्रलाई साझ ७ बजेदेखि बिहान ५ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth na
Total Injured 6
National/Online Media

0 Comments