Incident Reports

सप्तरीमा कर्फ्यू तोडेर प्रदर्शन, सरकारी कार्यालयहरुमा आगजनी

2015-11-23

Madhes, Saptari, Rajbiraj

कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले सरकारी कार्यालयहरुमा अगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले राजविराजस्थित भन्सार कार्यालयमा आगजनी गरेका छन् । यद्यपि प्रहरीले तत्काल आगो निभाएको छ र ठूलो क्षति हुन पाएन । मोर्चाका कार्यकर्ताले भूसंरक्षण कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजात, टेबल, कुर्सी लगागत जलेर नष्ट भएको छ । यस्तै कोइलाडी बरसाइनस्थित प्रहरी चौकीमा आगो लगाएका छन् । राजविराजको दर्शक चोक र गजेन्द्र चोकमा झडप भएको छ । प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न २० सेल अश्रुग्यास र सात राउण्ड हवाइ फायर गरेको छ । मोर्चाका कार्यकर्ताले भारदहमा प्रहरीले स्कटिङ गरेर लैजान लागेको ना ४ ख ७०४५ नम्बरको बस र ना ४ ख १६०१ नम्बरको ट्रकमा तोडफोड गरेका छन् । बरमझियामा ट्रकमा अगजनी गरेका छन् । सप्तरी शनिबारदेखि तनावग्रस्त छ । राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोलीबाट दुई जनाको मृत्यु भएको छ भने आइतबार दिउँसो अर्का एकको पनि गोली लागेर मृत्यु भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments