Incident Reports

मधेसी मोर्चामाथि चुरे भावरको आक्रमण प्रयास

2015-11-24

Madhes, Sarlahi, Kabilasi, Ward 7

सर्लाहीको फुल्जोरमा पूर्वपश्चिम राजमार्ग अवरोध गरेर धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तामाथि चुरे भावर राष्ट्रिय एकता पार्टीले अक्रमण गरेको छ। धर्ना बसेका मोर्चाका नेता कार्यकर्तामाथि चुरे भावर राष्ट्रिय एकता पार्टी समर्थकले दिउसो ढुंगा प्रहार गरी आक्रमणको प्रयास गरेका हुन्। झडप हुने संभावनाका कारण सुरक्षाकर्मीले मोर्चाका कार्यकर्ता धर्नामा बसेको स्थानलाई तीन तीरवाट घेरा हालेका थिए। राजमार्ग रोक्न बसेको प्रहरीलाई छलेर फुलजोर नदी हुँदै भावरका कार्यकर्ता मोर्चा बसेको ठाउँमा ढुंगा हानेका थिए। ढुंगा हानेपछि मोर्चाका सबै कार्यकर्ता तितरवितर भएका थिए। दिउँसो एक बजे मोर्चाका कार्यकर्ता सडकमा धर्ना बसेका थिए। एक घण्टापछि नै चुरे भावरका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए। चुरे भावरले राजमार्ग अबरोध गर्न नदिने भन्दै मोर्चाको धर्ना अबरोध गर्न पुगेको थियो। प्रहरीले चुरे भावर कार्यकर्तालाई लाठि चार्ज गरेर भगाएको छ । भावरका कार्यकर्ताहरुले मोर्चाका नेता कार्यकर्ता चढेर आएका सवारी साधनमा तोडफोड र आजनी गरेका छन्। चुरे भावरको आक्रमणमा मोर्चाका केही कार्यकर्तालाई चोट लागेको मोर्चाले जनाएको छ। दंगाको स्थिति सृजना गर्नेलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people More than 50
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments