Incident Reports

सरकारी कार्यालयको भित्ता र बोर्डमा 'मधेस सरकार'

2015-11-24

Madhes, Siraha, Lahan, Ward 5

नँया संविधान र संघीयताको सीमांनकनमा असन्तुष्टि जनाउँदै सय दिनदेखि आन्दोलनमा उत्रेका मधेसी मोर्चाले सरकारी भवनका भित्ता र बोर्डमा 'मधेस सरकार' लेख्न अभियान चलाएको छ। मंगलबार विहान उनीहरुले लहानका आन्तरिक राजस्व कार्यालय, सडक डिभिजन कार्यालय, अञ्चल यातायात कार्यालय, नापी कार्यालय, विद्युत प्राधिकरण, मालपोत कार्यालयलगायतका सरकारी कार्यालयका भित्ता र बोर्डमा मधेश सरकार लेखेका छन्। कार्यालयमा लेखिएको नेपाल सरकारलाई छोपेर लउनीहरुले मधेस सरकार लेखेका हुन्। कार्यालय बन्दको समयमा मधेसी मोर्चाका कार्यकर्ताले रातो रङमा मधेश सरकार लेखेका हुन्। ईलाका प्रसाशन कार्यालय लहानका प्रमुख रञ्जित अधिकारीले हामीलाई खबर आउँदा सम्म मोर्चा कार्यकर्ताहरु सरकारी कार्यालयमा मधेस सरकार लेखेर गइसकेको बताए । संयुक्त मधेसी मोर्चाका सदस्य प्रयाग लाल यादवले मोर्चाको कार्यक्रम अन्तर्गत लहानका सरकारी कार्यालयहरुमा मधेस सरकार लेखिएको बताए। मधेस सरकार लेख्ने अभियानमा सदभावना पार्टीका सह महासचिव राजकुमार गुप्ता, संघीय समाजवादी फोरमका सदस्य प्रयागलाल यादवसहित तराई मधेस लोकतान्त्रिक पार्टीसहित मोर्चाका नेता कार्यकर्ता सहभागी थिए।

0 Comments