Incident Reports

बुटवलमा भारतीय गाडीमा आगजनी

2015-11-27

Lumbini, Rupandehi, Butwal

बुटवलको राजमार्ग चौराहामा भारतीय मीनी ट्रकमाथि आगजनी भएको छ । शुक्रबार बिहान करिब सबा ११ बजेको समयमा यूपी ५६ टी १६०१ नम्बरको मीनी ट्रकमा आगजनी भएको हो । गाडीमा कस्ले आगो लगायो भन्ने अझै खुलेको छैन । बुटवलमा आन्दोलनको प्रभाब नभएको अबस्थामा भएको आगजनीले अचम्म बनाएको प्रहरीले बताएको छ । सवारी चालकलाइ इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षा महेन्द्र खड्काले बताए । गाडीमा लागेको आगो प्रहरी, बुटवल उपमहानगरको बारुणयन्त्र र स्थानीयको सहयोगमा निभाइएको हो । गाडिका चालकका अनुसार गएराति काँचो हरियो केरा बोकेर बुटवलको बुटवल कृषिर् उपज थोक बजार केन्द्रमा जादै गर्दा गाडी चौराहामा बिग्रेर रोकिएको हो । चालकले अपरिचित ब्याक्तीहरुले गाडिमा आगोलगाएर भागेको बताएका छन् । घटनास्थल र प्रहरीको चौराहाबिट ९० मिटरको दूरीमा छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports