Incident Reports

भारतीय जिप तोडफोड, पाँच पक्राउ

2015-11-28

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 6

नेकपा माओवादीले आज बिहान कञ्चनपुरको भीमदत्तनगर बजारमा भारतीय नंको जिप तोडफोड गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चम्मन चोकबाट गड्डाचौकीतर्फ गइरहेको एचआर २६ जेड ०२२७ नंको भारतीय जिप माओवादीका कार्यकर्ताले यहाँस्थित विद्युत् कार्यालय नजिक तोडफोड गरेका हुन्। प्रहरीले जिप तोडफोड र यातायातमा अवरोध पुर्याउँदै हिँडेका माओवादीका महाकाली इन्चार्ज देवीदत्त पाण्डेयसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जनाएको छ। प्रहरीलाई तोडफोड गरिएको जिपलाई सुरक्षा दिई नेपाल भारत सीमा क्षेत्र गड्डाचौकी पार गराएको छ। असुरक्षाको कारण देखाउँदै प्रहरीले कञ्चनपुरमा गुडिरहेका भारतीय सवारी साधनको सुरक्षामा विशेष चासो देखाएको छ। प्रहरीले बिहानैदेखि सुरक्षा सक्रियता बढाएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तका अनुसार पश्चिमी नाका गड्डाचौकीबाट नेपाल आउने भारतीय सवारी साधनलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बनबासा क्षेत्रमै रोकेको छ। माओवादीले भारतीय सवारी साधनलाई निसाना बनाउँदै तोडफोड गर्न थालेपछि एसएसबीले भारतीय सवारी साधनलाई सिमानामै नेपाल आउन रोकेको बताइएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments