Incident Reports

CIAA raids survey office, arrests surveyor with Rs 50,000 bribe

2015-11-29

Bagmati, Kathmandu, Ward 9

The Commission for the Investigation of Abuse of Authority (CIAA) raided a survey office under the Ministry of Land Reform and Management at Manamaiju, Kathmandu on Sunday. In the action, the anti-corruption body caught red-handed Surveyor Ram Pramod Kumar Mahaseth with bribe money Rs 50,000. He had demanded bribe from one Sir Bahadur Shrestha. Shrestha offered the bribe after the Surveyor Mahaseth showed reluctance in performing the former’s work for 14 days. Mahaseth had demanded Rs 75,000 for the work, it has been revealed. The anti-graft body also took the office’s incumbent Chief Bijay Kumar Yadav in its custody. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको मनमैजुस्थित नापी कार्यालयमा छापा मारेको छ । अख्तियार टोलीले ५० हजार रुपैयाँ घूससहित सर्बेयर रामप्रमोदकुमार महासेठलाई नियन्त्रणमा लिएको छ । मनमैजु– ८ ‘घ’ को ७१३ कित्तामा रहेको सिरबहादुर श्रेष्ठको घर हाल साबिक गरिदिन महासेठले घूस मागेका थिए । १४ दिन धाउँदा पनि काम नभएपछि सिरबहादुरले घूस दिने प्रस्ताव गरेका थिए । उनलाई महासेठले काम बनाइदिने भन्दै ७५ हजार घूस मागेका थिए । ‘तर हामीले ५० हजार घूस दिने भन्यौं,’ श्रेष्ठका छोरा बोधराजले भने, ‘घूस दिने निष्कर्षमा पुगेपछि अख्तियारलाई खबर गरेका थियौं ।’ दोलखा सिंगटीका श्रेष्ठ हाल साबिकको लागि कात्तिक ३१ देखि धाउँदा पनि काम नभएपछि अख्तियारलाई जानकारी गराएर घूस दिने निधोमा पुगेका थिए । अख्तियार टोलीले निमित्त कार्यालय प्रमुख सर्लाही सलेमपुर १ का ३८ विजयकृुमार यादवमाथि पनि छानबिन गरिरहेको छ ।

0 Comments