Incident Reports

पोखरामा भारतीय बसमा आगजनी

2015-11-29

Gandaki, Kaski, Pokhara Lekhnath

पोखराको लेकसाइडस्थित डिहीको पाटनमा सडकमा पार्किङ गरिराखेको एक भारतीय बसमा रहस्यमरुपमा आगलागी भएको छ । चौधरी टुरिस्ट बस सर्भिसको युपी ५१टी ८३११ नम्बरको बसमा राति सवा १ बजेतिर अकस्मात आगो लागेको स्थानीयले बताए । प्रहरीले कसैले आगो लगाएको वा आफैं लागेको भन्ने टुंगो नभएको बताएको छ । गाडीको भित्री भाग जलेर पुरै ध्वस्त भएको छ । बाहिरी भाग र टायर केही भएको छैन । डिक्कीमा राखेको डिजेलको १ ग्यालिनसमेत केही नभएको अवस्थामा निकालिएको थियो । ‘घटना यसरी नै भएको हो भन्ने यकिन हुन सकेको छैन,’ वडा प्रहरी कार्यालय बैदामका निरीक्षक वीरेन्द्र गोदारले भने, ‘चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’ बसका सहचालकले ३ जनाको समुह आएर पेट्रोल छर्केर आगो लगाएर भागेको प्रहरीसमक्ष बताएका छन् । आगलागीका बेला चालक र सहचालक बसभित्रै थिए । चालकले मदिरा सेवनसमेत गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । घटनाको कसैले जिम्मेवारी लिएको छैन । बाहिरबाट आएको समूहले बाहिरी भाग र टायरमा आगो लगाउनु पर्नेमा त्यसो भएको देखिदैन । पेट्रोल छर्केको भए पनि आगो एक्कासी ह्वार्ह्वार्ती सल्किनुपर्नेमा बिस्तारै सल्केको एक प्रत्यक्षदर्शीले बताए । ‘सर्सती हेर्दा आगो बसभित्रैबाट लागेको देखिन्छ’ निरीक्षक गोदारले भने । आगो लागेपछि बस करिब २५ मिटर जति तल पछाडि गुडेको थियो । दमकलको सहायताले आगो नियन्त्रणमा ल्याइएको थियो । ४० जना भारतीय पर्यटक लिएर बस आइतबार राति ९ बजेमात्र पोखरा आएको थियो । प्रहरीको स्कर्टीङमा काठमाडौंबाट पोखरा आएको थियो । भारतीय पर्यटकहरु डिहीको पाटनको रोयल पोखरा प्रिन्स होटलमा बसेका थिए । घटनापछि उनीहरुलाई सोमबार बिहानै सुनौली पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports