Incident Reports

सामुहिक बलात्कारको आरोपमा ४ जना विरुद्ध उजुरी

2015-11-30

Bagmati, Dhading, Dhunibesi

धादिङमा १४ वर्षकी किशोरीको सामुहिक बलात्कार गरेको आरोपमा चार जना विरुद्ध प्रहरीकोमा उजुरी दर्ता भएको छ । जीवनपुर गाविसकी १४ वर्षकी किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना विरुद्ध पीडितको परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको हो । किशोरीलाई गएको कात्तिक २९ गते नौबिसे गाविसको नौबिसे बजारमा रहेको एक होटलमा लगेर सामुहिक बलात्कार गर्ने चार जना विरुद्ध पीडित किशोरीको परिवारले उजुरी दर्ता गरेको हो । नुवाकोटको ओखरपौवा–८ का २६ वर्षका राजन बलामी र १७ वर्षका प्रेम भन्ने राम बलामीले पटक पटक विभिन्न स्थानमा लगेर किशोरीमाथि बलात्कार गर्ने गरेको उजुरीमा उल्लेख छ । बलात्कारमा संलग्न भएको भनिएका अरु दुई जनाको भने नाम खुलाइएको छैन । अभियुक्तहरुले पटक पटक धादिङ र काठमाडौंका विभिन्न होडलमा लगेर बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् । अभियुक्तहरुलाई मानव बेचविखन तथा ओसार पसार र जबरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धानपछि कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । पीडितको उद्धारपछि सहयात्री समाजले स्थापना गरेको स्नेह केन्द्रमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments