Incident Reports

​ मोर्चाले जनकपुरमा कांग्रेसलाई सभा गर्न दिएन

2015-11-30

Madhes, Dhanusha, Janakpur

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाले गर्न लागेको सभा विथोलेको छ । सोमबार नेपाली कांग्रेस धनुषाले मधेस आन्दोलनको समर्थनमा र्‍यालि निकाल्ने तयारी गरेको थियो । विगतमा मधेसका सम्बन्धमा भएको सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै मधेस आन्दोलन कै समर्थनमा गर्न लागिएको सभालाई मोर्चा कार्यकर्ताले विथोलेका हुन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी गठबन्धन, मधेस अधिकार संघर्ष समिति, संयुक्त युवा संघर्ष समिति लगायत आन्दोलनरत पक्षले पार्टीको झण्डा बोकेर आए कांग्रेसलाई सभा गर्न नदिने बताएको थियो । नेपाली कांग्रेस पार्टी कार्यालय धनुषामा पार्टी झण्डासहित जम्मा भएका कांग्रेस कार्यकर्ता मोर्चाको अवरोध पछि तितरवितर भएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments