Incident Reports

No translation available.

2012-07-12

Guru Sharan Sada सिरहा । असार २७ गते लहान नपा-४ निवासी तथा नगारिक दैनिक जिल्ला सम्वादाता ३२ वर्षीय मिथिलेश यादवलाई ०६९ असार २६ गते एक प्रहरीले गोली हान्ने धम्की दिएका छन् । होटल बिशालका सञ्चालकमाथि भएको कुटपिट प्रकरणबारे समचार संकलन गर्न वडा प्रहरी कार्यालय पुगेका यादवलाई र्फकने क्रममा प्रहरीका सईले गोली हान्ने धम्की दिएका हुन् । पीडितका अनुसार सडक पेटीमा राखिएको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई लडाई दिएको र किन लडाएको भनी सोध्दा बढी बोले गोली खालास भन्दै धम्की दिएको बताए । यादवका अनुसार उनले केही महिनादेखि जिल्लामा निरन्तर श्रृखंलाबद्धरुपमा भएका अपहरण, बम विस्फोट, होटलकर्मीमाथि कुटपिटका समाचार लेखिरहेका कारण असन्तुष्ट भएका प्रहरीले आफुलाई गोली हान्ने धम्की दिएको बताए । जिल्ला प्रहरी कार्यालयका एसपी राजेशकुमारलाल कर्णले पत्रकार यादवमाथि भएको घटनामा सत्यतथ्य बुझ्न एक इन्स्पेक्टरलाई निर्देशन दिएको बताए । उनले गेट अगाडि मोटरसाईकल राखिएको विषयमा सई र पत्रकारबीच केही भनाभन भएको बताए । धम्किप्रति आफुलाई पुर्णरुपमा थाहा नभएको र सो सम्बन्धमा बुझिरहेको बताए । गुरुशरण सदा

0 Comments