Incident Reports

पेट्रोल बम प्रहारपछि नेपालगन्ज नाका बन्द

2015-12-01

Lumbini, Banke, Nepalgunj

गएराति दशगजामा ढुंगा हानाहान र पेट्रोल बम प्रहार भएको भन्दै भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले नेपालगन्ज-रुपैडिहा नाका आउजाउ गर्न रोक लगाएको छ । धर्नाका लागि मोर्चाले दशगजामा गाडेको टेन्ट हटाउने क्रममा मोर्चा र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा मोर्चाका कार्यकर्ताहरुले प्रहरी तर्फ करिव आधा दर्जन पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर एक प्रहरी जवान घाइते भएका छन् । ढुंगा लागेर दुवै पक्षका करिव एक दर्जन घाइते भएका छन् । नेपालगन्ज-रुपैडिहा नाका दशगजामा मोर्चाका कार्यकर्ताहरुले बनाएको टेन्ट हटाउने क्रममा सोमबारराति भएको झडपका क्रममा मोर्चाका कार्यकर्ताहरुले प्रहार गरेको पेट्रोल बम । तस्बिर : ठाकुरसिंह थारु सोमबार राति ८ बजेदेखि करिव डेढ घण्टासम्म दशगजामा भएको उक्त घटनाले असुरक्षा बढेको भन्दै एसएसबीले नाकामा कडाई गरेको हो । उक्त घटनापछि एसएसबीले सवारी आउजाउ बन्द गरेको सीमास्थित इलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ । जमुनाहा प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक बिष्णु गिरीले उक्त घटनापछि इन्धन भर्ना जाने ट्यांकर र मालबाहक गाडीहरुले प्रवेश नपाएको बताए । नाका खोल्नका लागि माथिल्लो आदेश कुरिरहेको एसएसबीले जनाएको छ । ढुंगा हानाहान र पेट्रोल बम प्रहारपछिलाई चोट लागेको छ । ५ प्रहरी एक दर्जन आन्दोलकारीहरुलाई पनि चोटपटक लागेको मोर्चाका सह-प्रवक्ता रामकुमार दिक्षितले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Improvised explosive device (IED)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments