Incident Reports

महिलाको दिनदहाडै हत्या

2015-12-01

Lumbini, Banke, Nepalgunj

महिलाहिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला नेपालगन्जमा एक महिलाको दिनदहाडै हत्या भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ निवासी २८ बर्षिया बदली काँदुलाई आफ्नै पतिले हत्या गरेको अवस्थामा घरमा शव फेला परको हो। दाउराको चिर्पटले टाउकोमा हानेर मंगलबार दिउँसो पत्नीको हत्या गरी ३५ बर्षिय रामसागर काँदु फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक(डिएसपी) भिमकिण बोगटीले जानकारी दिए। लामो समयदेखि घरेलु हिंसामा पर्दै आएकी बदलीको हत्या लगत्तै फरार भएकाले उक्त घटनामा पति रामसागरकै संलग्नतालाई पुष्टि गरेको उनले बताए। मृतकको टाउकोमा गम्भीर चोट छ। 'हत्या लगत्तै पति फरार भइसकेको छ,' बोगटीले भने 'उसको खोजीकार्य गरिरहेका छौं ।' मृतकका दुई सन्तान छन्। बिद्यालयबाट दिउँसो घरमा आउँदा तिनै सन्तानले हत्या भएको अवस्थामा आमालाई देखेपछि टोलमा हल्लीखल्ली मच्चिएको थियो। लगत्तै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। मृतक महिलाको शव पोष्ट मार्टमका लागि भेरी अंचल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments