Incident Reports

बालिका बलात्कार गर्नेलाई आठ वर्षकैद

2015-12-01

Bagmati, Bhaktapur, Bhaktapur

 ११ वर्षीया एक बालिकालाई बलात्कार गर्ने रामेछाप जिल्ला गागल भदौरे ६ स्थायी घर भई हाल भक्तपुर जिल्ला ११ भीमसेन स्थान बस्ने २३ वर्षीय चन्द्र बहादुर मोक्तानलाई जिल्ला अदालत भक्तपुरले ८ वर्षकैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधिस लिप्त बहादुर थापा क्षत्रीको मङसिर १० गतेको एकल इजलासले मोक्तानलाई ८ वर्षकैद सजाय तथा पिडितलाई रु २५ हजार रुपैयाँ क्षतिपूर्तिस्वरुप भराउने फैसला गरेको हो । मोक्तानले जेठ २३ गते राति बालिका सुतिरहेकै ठाउँमै बलात्कार गरी फरार भएको भन्दै अन्दाजी ४० वर्षीय पीडितका बुवाले प्रहरी प्रभाग जगातिमा जेठ २४ गते जाहेरी दर्ता गराएका थिए । मोक्तानलाई प्रहरीले जेठ २४ गते पक्राउ गरेको हो । जिल्ला अदालतको असार १८ गतेको आदेशले आरोपित पुर्पक्षका लागी थुनामा थिए । पिडितको बालिकाको स्वास्थ्य परीक्षण जेठ २४ गते त्रिवि सिक्षण अस्पताल महाराजगन्जमा भएको प्रहरीले जनायो । रमिला तण्डुकार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments