Incident Reports

बालिकालाई बेचविखन गरेको आरोपमा एक गिरफ्तार

2015-12-01

१४ वर्षीया एक बालिकालाई वेचविखन गरेको आरोपमा बर्दिया जिल्लाको मनाउ गाविस-१ गुप्तीपुरका ३७ वर्षीय रामबहादुर खड्कालाई मङ्सिर १५ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई काममा लगाई दिने भन्दै पीडित बालिकालाई एक महिना अगाडि भारतको रिसिकेसमा बेचेको आरोपमा रामबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको हो । पीडित बालिकालाई भारतको रिसिकेसमा बन्धक बनाएर राखेको अवस्थामा बालिकाले कोठाबाट उम्केर नजिकको भारतीय प्रहरी थानालाई जानकारी दिएकी थिइन् । बालिकाले भारतीय प्रहरीलाई जानकारी गराएपछि भारतीय प्रहरीसँगको समन्वयमा माईती नेपाल कञ्चनपुरले बालिकाको उद्धार गरेर फिर्ता ल्याएको जिल्ला प्रहरी कार्यालय महिला तथा वालवालिका सेवा केन्द्रले जनायो । बालिका माइती नेपाल, कञ्चनपुरको आवधिक गृहको संरक्षणमा रहेकी छिन् । आरोपित खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र, कञ्चनपुरले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments