Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-12-02

Bagmati, Sindhuli, Dudhouli

१३ वर्षीया एक बालिकालाई कात्तिक २९ गते बलात्कार गरेको आरोपमा सिन्धुलीको ककुरठाकुर गाविस-६ हिमालचुलीका २० वर्षीय आकाश घलेलाई मङ्सिर १५ गते प्रहरी चौकी सिर्थौलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका इन्स्पेक्टर विपिन ओझाले बताए । आरोपित घलेलाई मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । स्थानीय महिला सहकारी संस्थामा उक्त जानकारी आएपछि सहकारीका महिलाको पहलमा मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकाको मङ्सिर १४ गते जिल्ला अस्पताल सिन्धुलीमा स्वास्थ्य परीक्षण भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments