Incident Reports

मधेसी मोर्चाका कार्यकर्ताले मानवअधिकार आयोगको गाडी जलाए

2015-12-03

Madhes, Sarlahi, Lalbandi, Ward 1

 मधेसी मोर्चाका कार्यकर्ताले सर्लाहीको नवपुर नजिक राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड गरी जलाएका छन् । साथै साथै गाडीमा रहेका आयोगका कर्मचारीलाई दुर्व्यवहार गरेका छन् । सर्लाहीमा एकै ठाउँमा मधेसी मोर्चा र चुरेभावरको कार्यक्रम भएकाले त्यसमा हुने सम्भावित मानवअधिकार हनन्का घटनाबारे अनुगमन गर्न मानव अधिकार आयोगको टोली गएको थियो । टोलीमाथि मोर्चाका कार्यकर्ताले कुटपिट गर्नुका साथै उनीहरु चढेको बा ७ च ७४७६ नम्बरको गाडीसमेत तोडफोड गरी आगो लगाएर पुर्णरुपमा क्षति पुर्याएको टोली संयोजक नितु गर्तौलाले जानकारी दिइन् । घरेलु हातहतियारसहित आएका मोर्चाका कार्यकर्ताले “हामी मानवअधिकार सधिकार केही पनि जान्दैनौ” भन्दै गाडी तोडफोड र आगजनी गरेको थिए । त्यसबाट आफनो क्यामरालगायत कागजपत्र जलेर नष्ट भएको साथै टोलीमा सहभागी इन्दिरा श्रेष्ठ, भीवा ढुङ्गानालगायतलाई चोट लागेको गर्तौलाले जानकारी दिइन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Assault (small group)
Weapons Small arms
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments