Incident Reports

महोत्तरीमा पनि विद्यार्थीको साङलो

2015-12-04

Madhes, Mahottari, Jaleswor, Ward 6

अन्त्यहीन बन्द र नाकावन्दीले आजित बनेका ग्रामिण भेगका विधार्थीले विहीवार मानव साङ्गलो बनाई विद्यालयलाई शान्तिक्षेत्र घोषणाको माग राखेका छन् । सीमावर्ति समसीस्थित ६ विधालयका करिव १ हजार ६ सय विद्यार्थीले पूर्व गाढाभेटपुरदेखि पश्चिम रघुनाथपुरसम्म ७ किलोमिटर लामो मानव साङ्गलो बनाई आफूहरुको भविष्यमाथि खेलवाड नगरि दिन र भविष्यको रक्षा गरि दिन आग्रह गरे । जिल्लामा आजैदेखि सुरु भएकेा शीतलहरको सीरोटे जाडोमा नर्सरीदेखि निमावि तहसम्मका विधार्थीले हातमा हात समाएर विधालयलाई शान्ति क्षेत्र घोषणा गर , 'वी वान्ट पिस' , 'सेभ आवर पःयुचर' , 'वी निड पीस लभिङ इनभर्नामेन्ट' जस्ता नारा घनकाएर राज्य र आन्दोलनकारीकेा ध्यानाकर्षण गराउने प्रयास गरे । करिव १ घण्टा लामो मानव साङ्गगलोमा बालबालिकाले वीर सहिद अमर रहुन र मधेशको माग पुरा गर को नारा पनि लगाएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100000
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments