Incident Reports

अनुगमन टोलीमाथि भएको आक्रमणको भर्त्सना गर्दै अनुगमनमा रहेको टोलीलाई आयोगले फिर्ता बोलायो

2015-12-03

Ramesh Prasad Timalsina राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर १७ गते सर्लाहीको जुटपानीमा आयोगको टोलीमाथि गरिएको आक्रमणको घोर भर्त्सना गर्दै अनुगमनमा खटिएका सबै टोलीलाई फिर्ता बलाएको छ । आयोगको मङ्सीर १८ गते बसेको आकस्मिक बैठकले तराई मधेशमा भइरहेको आन्दोलनको बारेमा संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले पटक-पटक चासो व्यक्त गरिरहेको सर्न्दर्भमा यस्ता घटनाबाट आन्दोलनको क्रममा आयोगबाट भइरहेको स्वतन्त्र अनुगमनको कार्यमासमेत गम्भीर प्रभाव परेको आयोगको निष्कर्ष निकालेको आयोगकी प्रवक्ता एवम् सदस्य मोहना अन्सारीले बताईन् । आयोगकी सञ्चार अधिकृत स्मृति गिरीकाअनुसार तराई आन्दोलन प्रभावित ११ ओटा जिल्लामा आयोगका पाँच ओटा टोली अनुगमनका लागि खटिएको थियो । उपनिर्देशक यज्ञप्रसाद अधिकारी नेतृत्वको टोली सिराह, सप्तरी र सुनसरी, उपनिर्देशक टिकाराम पोखरेल नेतृत्वको टोली झापा र मोरङ, मानवअधिकार अधिकृत नितु गड्तौला नेतृत्वको टोली धनुषा र महोत्तरी, मानवअधिकार अधिकृत बुद्धनारायण साहनी नेतृत्वको टोली बारा र पर्सा तथा मानवअधिकार अधिकृत सरिता ज्ञवाली नेतृत्वको टोली सर्लाही र रौतहटमा परिचालित रहेको पनि गिरीले जानकारी दिइन् । आयोगको आज बसेको बैठकको निर्णयसँगै पाँचै टोली आज साँझसम्म काठमाडौँ फर्किइसक्ने सञ्चार अधिकृत गिरिले जानकारी दिएकी छन् । 'सरकार तथा आन्दोलनकारी दलहरुलाई मानव अधिकारप्रति संवेदशील हुन, सर्वसाधारण, सञ्चारकर्मी, मानवअधिकार रक्षक तथा एम्बुलेन्स जस्ता मानवीय सेवामा खटिएका सवारीमा समेत आक्रमण गरी जनधनको क्षति पुर्‍याउने कार्य अबिलम्ब रोक्न र शान्तिपूर्णरूपमा आफ्नो कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरिआएको छ ।' -बैठकपछि आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 'आन्दोलनकारी मोर्चाका केन्द्रीय नेतृत्व स्वयम्ले आयोगमा उपस्थित भई मधेश आन्दोलनको निरन्तर अनुगमन गरिदिन लिखित तथा मौखिक अनुरोध समेत गरिएको सर्न्दर्भमा यस किसिमका बर्वरतापूर्ण घटना हुन जानुबाट आयोग गम्भीर छ ।'-विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधान, नेपाल पक्ष भएको मानव अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणा पत्र १९९८, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि र प्रचलित कानून विपरीत सर्वसाधारण, सञ्चारकर्मी मानव अधिकार रक्षक र मानवीय सेवामा खटिएका व्यक्तिमाथि आक्रमण, तोडफोड र आगजनी गर्ने तथा क्षति पुर्‍याउने व्यक्तिहरूका बारेमा अनुसन्धान गरी दोषी पत्ता लगाएर तत्काल कानुनबमोजिम कारबाही गर्नसमेत आयोगले आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ -'विगतमा पनि अनुगमनको कार्यमा कहीँ कतैबाट व्यवधान नपुर्‍याइएको तथ्य स्मरण गराउँदै हालको आन्दोलनमा बिरामी बोकेका एम्बुलेन्स जलाउने, जिउँदै मान्छे जलाउने र औषधी बोकेको सवारी साधन जलाउने जस्ता कार्यको आयोग निन्दासमेत गर्दछ । समस्त मानव अधिकार रक्षक विरुद्घ भएको यस्ता आक्रमणका दोषी पत्ता लगाउन आन्दोलन आह्वानकर्तालाई आयोग आग्रह गर्दछ ।' रमेशप्रसाद तिमल्सिना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) HRD
Actor 2 - Youth na
INSEC

0 Comments