Incident Reports

कृष्ण पहाडी सहित ३० मानवअधिकारवादी पक्राउ

2015-12-10

Bagmati, Kathmandu, Kathmandu

लैनचउर स्थित भारतीय दूतावास अगाडि धर्ना दिन गएका कृष्ण पहाडी सहित करिब ३० जना मानवअधिकारवादीलाई प्रहरीले पक्राउ गरेको छ। 'नाकाबन्दी मानवताविरुद्धको अपराध हो, नाकाबन्दी मानव अधिकारको कुठाराघात हो' भन्ने नारा सहित सञ्चालित दश दिने विशेष अभियानको क्रममा मावन अधिकार तथा शान्ति समाजमा आवद्ध एवं स्वतन्त्र मानवअधिकारवादीलाई प्रहरीले पक्राउ गरेको हो। भारतले लगाएको नाकाबन्दलिे नेपाल र नेपालीको मानव अधिकार कुण्ठित भएको भन्दै भारतलाई तत्काल नाकाबन्दी अन्त्य गर्न आग्रह सहित धर्ना आयोजना गरिएको थियो। दिउँसो १ बजे निर्धारित धर्ना सुरु हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापत िकृष्ण पहाडी सहित सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कवि अर्जुन पराजुलीलाई पक्राउ गरेको थियो। यसैगरी समाजका महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल, अधिकारकर्मीहरु पुष्पा केसी, बटुकृष्ण ढुङ्गेल, रत्नलक्ष्मी श्रेष्ठ, रमेश सिंखडा, रामकृष्ण बराल, जयराम पुडासैनी, रेणुका काउचा, अञ्जना अर्याल पक्राउ परेका छन्। दिवाकर सिल्वाल, गोकर्णमणि पुडासैनी, जगन्नाथ पुडासैनी, हेमराज चौलागाई, दिपक पुडासैनी, जानुका पन्त, कोपिला पौडेल, चित्र रसाइली, रामचन्द्र खतिवडा, रुपेश कुमार अर्याल, प्रदीप पौडेल, ज्ञानहरि ढुङ्गाना, वि.पौडेल, नानिकाजी गिरी, अनिल पौडेल, लोकेन्द्र थापा, बसन्त पौडेल, अनिल तिवारी, कुमार पौडेल, सन्तोष बराल, अप्सरा अधिकारीलाई प्रहरीले पक्राउ गरी २ नम्बर प्रहरी गण रानीबारीमा पुर्‍याएको थियो। धर्नामा सहभागीले 'सत्य बोल्नोस्, सात्विक बन्नोस मोदीजी' भन्ने नारा लेखिएका पर्चा प्लेकार्ड बोकेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations HRD
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments