Incident Reports

​ बालिका बलात्कारको आरोपमा पक्राउ

2015-12-11

Gandaki, Parbat, Kushma

पर्वतको कुस्माबजारकी एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन । पर्वतको कुस्मा नगरपालिका – १० बस्ने २२ वर्षे सुवास बिकले रक्सीले मातेर बालिकालाई बलात्कार गरेको अभियोग छ । बिकले शुक्रबार बेलुकी १३ वर्षे बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरि अनुसन्धानका लागि थुनामा राखेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । बालिकालाई बलात्कार गरेर भाग्दै गरेको अवस्थामा बजार सुरक्षार्थ खटिएको प्रहरी गस्ती टोलीले बिकलाई समातेको थियो । बलात्कारको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्दा दर्ता गरि बिकका बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments