Incident Reports

मरेको चरो खाँदा दाजुभाइको मृत्यु

2015-12-18

Sudurpashchim, Bajhang, Jaya Prithivi

जंगलमा मरेको चरा घरमा ल्याएर खाँदा शनिबार मौलाली गाविस–४ रकैल घर भएका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा रामलाल पार्कीका १० वर्षीय छोरा मकर पार्की र ५ वर्षीय छोरा सरण पार्की रहेका छन् । घर भन्दा करिब १ घण्टा टाढा रहेको जंगलमा विहान गाईगोरु लिएर गएका दाजुभाइले जंगलमा मरेको चरा फेला पारेर घर ल्याएपछि उनीहरुले पोलेर खाएको स्थानीय प्रयागराज धामीले बताए । चराको मासु खाएको केही समयपछि दुबै दाजुभाइ बेहोस भएपछि मृत्यु भएको उनको भनाइ छ । उनीहरुको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याइने भएको छ । झोताबाट झण्डै चार घण्टा पैदल हिँड्नुपर्ने घटनास्थलमा भैरवनाथ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक देवसिंह ठकुन्नाको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चराको मासु खाएर दुई बालकको मृत्यु भएको जानकारी आएपछि दिउँसो नै प्रहरीको थपटोली जिल्ला वाट पनि घटना स्थलमा खटाएको प्रहरी निरिक्षक देवेन्द्र मल्लले बताए । चराको मासु खाएका अन्य बालक पनि बिरामी भएको जानकारी आएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 2
National/Online Media

0 Comments