Incident Reports

राष्ट्रपतिलाई बिधुवा भन्दै अपमान ,मन्दिर अपवित्र भएको भन्द गंगाजल सेचन

2015-12-18

Madhes, Dhanusha, Janakpur

मिथिलाकी छोरी सीताको विवाहको दिन ‘बिधुवा महिला’ राष्ट्रपति विद्यादेवी भण्डारी प्रवेश गरी जानकी मन्दिर अपवित्र बनाएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार गंगासागरको पोखरीबाट जल ल्याएर मन्दिरमा सेचन गरेका छन्। मोर्चाका कार्यकर्ताले गंगासागरबाट ल्याएको जल छर्केपछि पवित्र बनाउन भन्दै मन्दिर धोएका थिए। 'बिधुवा प्रवेश गरेको' दोष कट्टी गर्न उनीहरूले साँझ मन्दिरमा दीप प्रज्ज्वलनसमेत गरे।मधेसी युवाको एक समूहले बिहीबार पनि 'बिधुवा प्रवेश गरेको' भन्दै मन्दिरपरिसर पानीले पखाली विरोध जनाएको थियो। मधेसी मोर्चाका कार्यकर्ताले बिहीबारदेखि नै ‘बिधुवा राष्ट्रपति मन्दिर प्रवेश गरी अपवित्र बनाएको' भन्दै स्थानीय एफएम रेडियोहरूमा अन्तर्वार्ता दिएका थिए भने जनकपुरका विभिन्न ठाउँमा कोणसभा गरी भाषणसमेत गरेका थिए।'बिधुवा' राष्ट्रपति भण्डारीलाई मन्दिरमा विशेष सम्मान गरिएको भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले विरोध जनाएका थिए। राष्ट्रपति भण्डारी बिधुवा रहेको र उनी बिहेको उत्सवमा सहभागी हुँदा सम्पूर्ण विवाहस्थल नै अशुद्ध भएको आन्दोलनकारीले बताए। जनकपुरका बुद्धिजीवी वर्ग र अधिकारकर्मीले भने महिलालाई अपमानित गर्ने अभिव्यक्ति र कार्यको निन्दा गरेका छन्। महिलाअधिकारकर्मी अधिवक्ता रेखा झाले राजनीतिक रूपमा कसैलाई विरोध वा प्रतिकार गर्नु उचित भए पनि कसैको व्यक्तिगत जीवनलाई असर पुग्ने खालको उक्त कार्य अति नै निन्दनीय रहेको बताइन्।एकल महिला, बिधुवा महिला, नारी समानता र पहिचानका लागि आन्दोलन गरिरहेको अवस्थामा बिहेमा बिधुवा जाँदा विवाह अपवित्र भएको भन्नु अति नै मूर्खतापूर्ण रहेको झाले बताइन्। मन्दिरमा जान पाउने अधिकार सबैको रहेकाले राष्ट्रपति भण्डारी मन्दिर जाँदा राजनीतिक रूपमा विरोध गर्नु आफ्नो ठाउँमा रहे पनि उनलाई महिला भएको कारण अपमान गर्नु अति नै अशोभनीय रहेको झाको जिकिर छ। मानवअधिकारकर्मी विजय दत्त मोर्चाले राष्ट्रपतिलाई बिधुवा भनेर अपमान गर्नुलाई विकृत मानसिकताको उपजका रूपमा विश्लेषण गर्छन्। बुधबार जानकी मन्दिर दर्शन गर्न जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : मनिका झा एउटा पुरुष श्रीमती नभएको अवस्थामा सबै ठाउँमा टाउको ठाडो पारेर जानसक्ने तर एक महिलालाई श्रीमान् नहुँदा यसप्रकार सामाजिक अपहेलना गर्नु असमानताको पराकाष्ठा रहेको दत्तले बताए।'यो देशमा सबैको आफ्नो धार्मिक तथा सामाजिक स्वतन्त्रता रहेकाले राष्ट्रपति भण्डारी मन्दिर आउनुलाई ठूलो विषय बनाउनु हुँदैन', दत्तले भने। मिथिलामा अतिथि देवो भवः को संस्कार रहे पनि राष्ट्रपतिलाई अपहेलित गरेर बिदा गर्नु मिथिलाको संस्कारविपरीत भएको दत्तले बताए।पूर्वमेयर किशोरी साहले भने राष्ट्रपतिको जनकपुर भ्रमणलाई अति नै अपरिपक्व र गैरजिम्मेवारपूर्ण निर्णयको संज्ञा दिए। राष्ट्रप्रमुख आलंकारिक पद रहेकाले त्यहाँ पुगेका व्यक्तिले आफूलाई अभिभावक ठानी कसरी जनताको भलो हुन्छ भन्ने सोचाइ राख्नुपर्ने साहले बताए। मधेसको अधिकार सुनिश्चित नभएको ठानिएको संविधान जारी गर्ने कार्यमा हस्ताक्षर गर्ने कुनै पनि नेतालाई मधेसमा प्रवेश निषेध घोषणा गरिएको अवस्थामा राष्ट्रपतिले आफ्नो पदको दुरुपयोग गर्दै शक्ति प्रदर्शन गरी जनकपुर आउनु पदीय गरिमाविपरीत रहेको साहको जिकिर छ। समाजसेवी तथा व्यापारी श्याम साह पनि राष्ट्रपतिको जनकपुर आगमनलाई सही निर्णय नभएको ठान्छन्। मधेस जलिराख्दा जुन पार्टीबाट उनी राष्ट्रप्रमुख भएकी हुन्, त्यसको कडा विरोध भइरहेको अवस्थामा मधेसीको घाउमा नुन छर्कन उनी जनकपुर आएको टिप्पणी साहको छ। जानकी मन्दिर दर्शन गर्न साँच्चिकै इच्छा भएको भए उनी अवस्था सामान्य हुँदा यहाँ आउनसक्ने भए पनि यस क्षेत्रको प्रमुख उत्सवलाई नै बिथोल्ने प्रयासस्वरूप जनकपुर आएको साहको दाबी छ। -
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other types of GBV
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments