Incident Reports

बेलहिया नाकाबाट मधेसी मोर्चाका जिल्ला संयोजक गिफ्तार

2015-12-21

नेपाल-भारतको सीमा नाका सुनौली-बेलहियाबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका रुपन्देही जिल्ला संयोजक महेन्द्र यादवलाई प्रहरीले पुस ५ गते गिरफ्तार गरेको छ । दशगजामा धर्नामा बस्नका लागि केही कार्यकर्तासहित पुगेका नेता यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दसगजामा धर्ना दिन गएका उनी यसै कारण यो सहित तीन पटक गिरफ्तार परेका छन् । मोर्चाका कार्यकर्ताले दसगजामा नाराबाजी सुरु गरेलगत्तै संयोजक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने अरु कार्यकर्ता भारततिर भागेको प्रहरीले बताएको छ । सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्षसमेत रहेका यादव आफ्ना कार्यकर्तासहित दशगजामा अवरोध गर्न आएका कारण उनलाई सीमानाबाट गिफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । मधेसी मोर्चाको गठबन्धनले भैरहवा क्षेत्रमा छुटाछुट्टै रूपमा व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधनको विधेयकको प्रतिलिपि स्वरुप कागजका टुक्रा जलाएका छन् । सीमा नाका सुनौलीबाट आवागमन भने रोकिएको छैन । पहिले दैनिक चार सयको सङ्ख्यामा आउने सवारी साधन यसपाली भने दैनिक एक सयदेखि दुई सयको हाराहारीमा र इन्धनका केही मात्रामा मात्रै आउने गरेको भन्सार कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
INSEC

0 Comments