Incident Reports

मधेशी मोर्चाका कार्यकर्ताद्वारा सरकारी कार्यालयमा आगजनी

2015-12-21

Madhes, Sarlahi, Malangawa, Ward 4

 संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले सर्लाही जिल्ला सदरमुकाम मलंगवास्थित दुई ओटा सरकारी कार्यालयमा पुस ६ गते दिउँसो आगजनी गरेका छन् । सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवलाई गिरफ्तार गरिएको विरोधमा मधेशी मोर्चाले प्रदर्शन गर्दै जिल्ला सदरमुकाम मलङ्गवास्थित खानेपानी कार्यालय, महिला तथा बालबालिका कार्यालयमा आगजनी गरेका हुन् । आगजनीका कारण खानेपानी कार्यालयको दुई ओटा कोठा र महिला तथा बालबालिका कार्यालयको पाँच ओटा कोठामा क्षति भएको प्रहरी नायव उपरीक्षक रमेश खड्काले बताए । आगजनीपछि प्रहरीले अवस्था नियनत्रणमा लिन र प्रदर्शकारीलाई तितरबितर गर्न १ सय ५० राउण्ड अश्रुग्याँस तथा केही राउण्ड रबरको गोली चलाएको खड्काले बताए । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा तोडफोड गरेको आरोपमा पुस ५ गते राती गिरफ्तार भएका सङ्घीय समाजवादी फोरम नेपाल सर्लाहीका जिल्ला अध्यक्ष यादवलाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।

सन्तोषकुमार सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 2
INSEC

0 Comments