Incident Reports

खोटांगमा एक जना मृत अवस्थामा फेला

2015-12-23

Province 1, Khotang, Sakela

ज्यालादारीमा काम गर्दै आएका भोजपुरका एक व्यक्ति खोटाङमा मृत फेला परेका छन् । भोजपुर नगरपालिका–५ पानीट्याङ्कीका ५८ वर्षीय गोपाल तामाङ मृत फेला परेका हुन् । बाझेच्यानडाँडामा ब्रिटिस गोर्खा वेलफेयरको खानेपानी आयोजनामा ज्यालादारीका काम गर्दै आएका तामाङ खमातेबुसुरी भिरको फेदमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक काँशीनाथ रेग्मीले बताउनुभयो । तामाङको टाउकोमा ‘यू’ आकारको ठूलो चोट रहेकाले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डेरा लिएर बसेको ठाउँबाट मङ्गलबार बिहान साथीहरुलाई पिसाब फेर्न भन्दै हिँडेका तामाङ नफर्किएपछि खोजी गर्दा दिउँसो मृत फेला परेको उनका साथीहरुले बताएका छन् । रगतको टाटा पहिल्याउँदै जाँदा भिरसम्म टाटा भेटिएको र भिरको फेदमा शव भेटिएकाले तामाङको सोही भिरबाट खसेको अनुमान प्रहरीले गरेको छ । तामाङ भिरबाट २०० मिटर तल खसेको स्थानीयवासीको भनाइ छ । उनको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports