Incident Reports

​युवतीलाई जबरजस्ती सिन्दुर हालेको भन्दै सार्वजनिक मुद्दा

2015-12-21

Province 1, Panchthar, Falgunanda

युवतीको इच्छा नभई जबरजस्ती सिन्दुर हाल्दिएको अभियोगमा प्रहरीले तीन जना विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ । एक हप्ताअघि पाँचथर फाक्तेप-७ मा आफन्तकोमा पाहुना गएकी फिदिम नगरपालिका स्थित चोगमागुकी युवतीलाई धान नाच्ने क्रममा गाउँकै २२ वर्षका भगेन्द्र चेम्जोङले आफ्नो इच्छा विरुद्ध आफन्तका बिचमा सिन्दुर लगाएर घर भित्र्याउन खोजको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । उनले सिन्दुर लगाएपछि आफू भागेको बताइन् । प्रहरीले सोमबार जिल्ला अदालतमा सिन्दुर लगाउने चेम्जोङ र युवतीलाई पाउना लिएर जाने चोकमागुकै चेम्जोङका भिनाजु भबिन्द्र तुम्वापो र दिदी चन्द्रमाया तुम्वापो विरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्धा दर्ता गराएको पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । भर्खरै विदेशवाट आएका युवाले दिदी भिनाजुसँग कुरा मिलाएर युवतीलाई सिन्दुर हालेको हुनसक्ने प्रहरीको अनुमान छ । युवतीले जायरी गरेपछि युवक फरार छन् । जबरजस्ती सिन्दुर लगाउने युवकले पीडित युवती भागेपछि अर्की केटी विवाह गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments