Incident Reports

१३ वर्षीया बालिका विवाह गर्ने ४५ वर्षका पुरुष पक्राउ

2015-11-01

Lumbini, Banke, Kohalpur

१३ वर्षीया बालिकालाई जर्वजस्ती भगाएर विावह गर्ने ४५ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। परियार थरकी बालिका विवाह गर्ने नेपालगन्ज–२६ बसुदेवपुरका ४५ वर्षीय घनश्याम पाललाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको जनाएको हो। पालले दुई महिनाअघि स्थानीय जनता माविको कक्षा ८ मा अध्ययनरत ती बालिकालाई जर्वजस्ती भगाएर विवाह गरेका थिए। बालिका विवाह गरेको आरोपमा शनिबार बिहान इलाका प्रहरी कार्यालय कोहलपुरले उनलाई घरबाटै पक्राउ गरेको हो। प्रहरीले पालसंगै बालिकालाई पनि नियन्त्रणमा राखेको छ। बालिका आफन्तका अनुसार ४५ वर्षीय पालका घरमा पत्नि र चार छोराछोरी छन्। उनका जेठा सन्तान २१ वर्षका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीव बस्नेतले बालविवाह गर्ने पाल पक्राउ गरी नियन्त्रणमा राखिएको बताए। बालविवाहका बारेमा अनुसन्धान भैरहेको बताउँदै उनले कानुन बमोजिम आरोपितलाई कारवाही हुने बताए। बालिका परिवारको जाहेरीका आधारमा गरिने उनले भने। बालिका आफन्त भने प्रहरी र स्थानीय राजनैतिक दलबाट विवाह मिलाउनु पर्ने दवाव आएको बताएका छन्। हामीलाई बालविवाह मिलापत्र गर्नुप¥यो भन्दै स्थानीय नेताहरुबाट धम्की र दवाव आइरहेको बालिका आफन्त आशा विकले बताईन्। उनका अनुसार पालले विद्यालयमा पढ्न गएकी ती बालिकालाई बजार घुमाउने लोभमा भारतमा पुगेर विवाह गरेका थिए। ती बालिकालाई विद्यालयबाट भगाएपछि उनी दुई महिना भारतको मुम्बईमा बसेका थिए। दुई दिनअघि घर पुगेका पाल प्रहरीको फन्दामा परेका हुन्। बालिकाका आफन्तले पाललाई बालविवाह र अपहरण मुद्धामा कारवाहीको माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments