Incident Reports

जनकपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप, १० सेल अश्रुग्यास प्रहार

2015-12-27

Madhes, Dhanusha, Janakpur

जनकपुरको गोपाल धर्मशाला वरिपरि आइतबार मध्याह्न प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । आन्दोलनकारीलाई तितिरबितर पार्न प्रहरीले कम्तीमा १० सेल अश्रुग्यास प्रहार गरिसकेको छ । अहिले प्रहरीले एक आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । यसैगरी आन्दोलनकारीले पनि एकजना पुलिसलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । प्रहरीले अश्रुग्यास हानेपछि आन्दोलनकारी भागाभाग गरेका छन् । आन्दोलनकारीले आज जनकपुरमा जान लागेका वैद्य माओवादीका नेता देव गुरुङलाई जनकपुर प्रवेशमा रोक लगाउने भन्दै आन्दोलन चर्काएका हुन् । आज माओवादी नेता गुरुङ जनकपुर जाने कार्यक्रम थियो । यस्तै संघीय समावेशी मधेसी गठबन्धले आज जनकपुरमै भैंसी जुलस निकालेको छ । जनकचोकबाट सुरु भएको उक्त र्‍याली जनक चोकमै आएर सम्पन्न भएको थियो । गठबन्धनले भैंसीलाई सरकारको प्रतिकको रुपमा व्याख्या गर्दै अहिलेको सरकार भैसी जस्तो भएको बताएको छ । 'भैंसी र सरकार एउटै हो । भनेको कुरा नबुझ्ने, आन्दोलनको स्वर नसुन्ने सरकार भैसी जस्तै हो,' एक आन्दोलनकारीले भने । उनीहरुले भैंसीलाई नै आफ्ना ९ सुत्रीय मागपत्र समेत बुझाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments