Incident Reports

इटा बोकेको ट्रकमा आगजनी

2015-12-29

Madhes, Rautahat, Garuda

मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहटको गरुडा बजारमा इटा बोकेको दुई वटा ट्रकमा आगजनी गरेका छन्। स्थानीय एमबीआइ इटा उद्योगबाट दुवै ट्रकमा इटा लोड गरेर पोखरा जाँदै गरेको ना४ख ४६०५ र ना५ख १६७० नम्बरको ट्रकलाई गरुडा-२ स्थित मेथुर चोकमा मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर आगजनी गरेका हुन्। आगजनीबाट दुवै ट्रकको इन्जिन जलेर क्षतिग्रस्त भएको छ। 'व्यवसायीले इटा बोकेको ट्रक बाहिर पठाउन लागेको विषयमा प्रहरीलाई खबर थिएन,' प्रहरी निरीक्षक सन्तुलाल जैसवारले भने 'जानकारी गराएको भए स्कर्टिङ गरेर गन्तव्यतर्फ पुर्याखउँथ्यौं।' राति ११ बजेको समयमा १५-२० जनाको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका थिए। घटनास्थलमा प्रहरी पुग्दा उनीहरु भागेको प्रहरीले जनाएको छ। उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments