Incident Reports

प्रहरीद्वारा तीन पत्रकार कुटिए, प्रहरी र प्रदर्शनकारीबीच झडप

2015-12-28

Madhes, Dhanusha, Mithila Bihari

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच पुस १३ गते जनकपुरको जानकी प्रहरी चौकी नजिक भइरहेको झडपको फोटो खिचेको आरोपमा प्रहरीले तीन जना पत्रकारलाई नियन्त्रणमा लिई कुटपिट गरेका छन् । यज्ञभूमि गाविस धारापानी निवासी अभिलाप दैनिक पत्रिकाका सम्पादक २१ वर्षीय रामहृदय यादव, जनकपुर निवासी अपन टेलिभिजनका सम्वाद्दाता २२ वर्षीय रिकी साह र क्यामरा म्यान २५ वर्षीय राकेश मिश्रालाई प्रहरीले कुटपिट गरेका हुन् । झडपको क्रममा प्रहरीको मात्र फोटो खिचेको भन्दै प्रहरीले पत्रकारहरूलाई कुटपिट गरेका थिए । रामहृदयलाई पिठ्यूँ र गर्धनमा चोट लागेको छ भने साह र मिश्रालाई शरीरको विभिन्न भागमा चोट लागेको पीडित पत्रकारहरूले बताएका छन् । घाइते पत्रकारहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भएको छ । प्रहरीले नियन्त्रणमा लिएका तीनै जना पत्रकारलाई पत्रकार महासङ्घ धनुषा शाखाको दबाबपछि रिहा गरिएको थियो । पुस १२ गते आठ जना प्रदर्शनकारहरूलाई प्रहरीले गिरफ्तार गरी रिहा नगरेको भन्दै पुस १३ गते जनकपुरमा विरोध प्रदर्शन गरेपछि दोहोरो झडप भएको थियो । प्रदर्शनकारीतर्फ १५ जना भन्दा बढी र प्रहरीतर्फ चार जना प्रहरी घाइते भएका छन् । दुई जना गम्भीर घाइते भएका रामचन्द्र मुखिया र विकाश भण्डारीलाई उपचारको लागि बाहिर लैजान रेफर गरिएको जनकपुर अञ्चल अस्पतालले जनाएको छ । प्रहरीले भिडलाई नियन्त्रणमा लिन १५ राउण्ड अश्रुग्याँस र पाँच राउण्ड हवाइफायर गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Group Clash
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 1
Youth Injured 3
INSEC

0 Comments