Incident Reports

नेत्र विक्रम चन्द नेतृत्वको माओवादीद्वारा जग्गा कब्जा

2015-12-27

Lumbini, Pyuthan, Mallarani

त्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले प्यूठान नपा-१४ मा पुस १२ गते जग्गा कब्जा गरेका छन् । प्यूठान नपा-१४ बाग्दुलाका मिश्रण केसीबाट ०६० सालमा चुजा गाविस-६ का बुद्धबहादुर जिसीको नाममा नामसारी भएको किता न. १६१४ को ००.३५० वर्गमिटर क्षेत्रफलको जग्गा पार्टीले कब्जा गरेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका जिल्ला सेक्रेटरी रत्नबहादुर थापामगरले जानकारी दिए । किर्ते कागजात पेश गरी बुद्धबहादुरले जग्गाधनी बिना आफ्नो नाममा नामसारी गरी बिक्री गरेको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आरोप लगाएको छ । झण्डा गाडेर कब्जा गरेको जग्गा पार्टीले वास्तविक जग्गाधनी मिश्रण केसीलाई नै फिर्ता गर्ने र उनले भोगचलन गर्ने क्रममा कसैले अवरोध गरे त्यसविरूद्ध सिङ्गो पार्टी उत्रने सेक्रेटरी थापाले धम्की दिए । बृद्धबहादुर जिसीकाअनुसार ०६० सालमा आफ्नो नाममा जग्गा नामसारी गरी सोही वर्ष प्यूठान नपा-१४ बाग्दुलाका मधुसुदन पण्डितलाई बिक्री गरेको बताए । अदालतको फैसला अनुसार सो जग्गा आफ्नो नाममा नामसारी गरी बिक्री गरेको जिसीले जनाए । उक्त जग्गाको विषयमा तल्कालीन नेकपा माओवादीले आफूलाई दुःख दिएको र प्रमाण जुटाउन नसकेपछि चुप लागेर बसेको जिसीको भनाइ छ ।

रविन्द्र पाण्डे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of private land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments