Incident Reports

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, दस जना घाइते

2015-12-30

Province 1, Sunsari, Inaruwa

उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई कालो झण्डा देखाउन खोज्ने संयुक्त मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच पुस १५ गते दिउँसो झडप हुँदा दस जना घाइते भएका छन् । प्रहरीको लाठी चार्जबाट नरसिंह गाविस-२ का ५५ वर्षीय पर्शुराम यादव र २५ वर्षीय सचेन्द्र यादव, इनरुवा नपा - २ का ४५ वर्षीय गुलाब शर्मा, इनरुवा नपा-७ का ३५ वर्षीय धर्मवीर मेहता, इनरुवा नपा-२ का २५ वर्षीय महमद बसिर मियाँ, बबिया गाविस-८ का ५० वर्षीय सद्री मेहता, डुम्राहा गाविस-७ का ४४ वर्षीय रामसागर मेहता, भोक्राहा गाविस-५ का ४७ वर्षीय कुसुमलाल यादव, हरिनगरा गाविस-२ का ३५ वर्षीय लखन महतो र ३७ वर्षीय हरिलाल यादव घाइते भएको मोर्चाले जनाएको छ । आफुहरूको पूर्व निर्धारित शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको सङ्घीय समाजवादी फोरम सुनसरी जिल्ला अध्यक्ष भागिरथ खत्वेले बताए । इनरुवाको अस्पताल चोक नजिकै पुगेपछि प्रहरीले जुलुस पछाडिबाट लाठीचार्ज गरेको उनको भनाइ छ । कालोझण्डा देखाउने क्रममा प्रहरीले आफ्ना कार्यकर्ता इनरुवा नपा-२ का ३८ वर्षीय चुनचुन यादवलाई गिरफ्तार गरेको अध्यक्ष खत्वेले बताए । उद्योग वाणिज्य सङ्घ इनरुवाको भवनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम थियो । फोरम लोकतान्त्रिकको कार्यक्रम आयोजना गरेको स्थलमा जबरजस्ती लाठीजुलुस प्रदर्शन गर्दै प्रवेश गर्न खोज्दा झडप भएको प्रहरीले बताएको छ । गिरफ्तार परेका चुनचुन यादव भने फरार अभियुक्त भएकाले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जिवी कोइरालाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 10
INSEC

0 Comments