Incident Reports

वीरगंज नाकामा धर्ना बसेका आन्दोलनकारी र स्थानीय बासिन्दाबिच झडप

2015-12-31

पर्साको वीरगञ्ज भन्सार नाकामा धर्नामा बसेका आन्दोलनकारी र भारतबाट सामान ल्याउने स्थानीय बासिन्दाबिच बुधबार राति झडप भएको छ । राति धर्नामा बसेको समयमा वीरगञ्ज अहिरवा टोलबाट ५/७ जनाले मोटरसाइकलमा सामान ओसार्न थालेपछि रोक्न खोज्दा आन्दोलनकारी र सामान ल्याउन खोज्ने स्थानीय बासिन्दाबिच झडप भएको हो । झडपमा ८ जना घाइते भएका छन् । सामान ल्याउन खोज्ने तर्फ ५ जना र आन्दोलनकारी तर्फ ३ जना घाइते भएका हुन् । भन्सार नजिकै रहेको पशुपतिनगर अहिरवा गाउँका केही व्यक्तिले सामान ल्याईरहेको देखेर आन्दोलनकारीले रोक्न खोज्दा दुवै पक्षबिच झडप भएको प्रहरीले जनाएको छ । यसअघि बुधबार स्थानीय व्यापारीले धर्नाकारीलाई लखेटेर सामान वीरगञ्ज भित्र्याएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth na
Total Injured 8
National/Online Media

0 Comments