Incident Reports

होटलमा युवतीलाई बन्धक बनाएको आरोपमा तीन पक्राउ

2015-12-29

Province 1, Jhapa, Arjundhara

मानव बेचबिखन तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी नगरपालिका–३ निवासी १८ वर्षीय मनिष कार्की, मोरङको ववियाविर्ता – ९ निवासी २३ वर्षीय दीपक ऋषिदेव र ललितपुर उपमहानगरपालिका – १४ निवासी २३ वर्षीय दीपक कार्की रहेका इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । शनिअर्जुन नगरपालिका – ९ स्थित ओसिम होटल एण्ड लजको १०२ नम्बर कोठामा एक युवतीलाई बन्धक बनाई राखेको गोप्य सूचनाको आधारमा छापा मारी युवतीको उद्धार गरेको प्रहरीले जनाएको छ । युवतीलाई बन्धक बनाउने कार्यक्रममा संलग्न होटल सञ्चालकसमेत रहेका मनिष र होटलमा काम गर्ने अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको इप्रका बिर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । पक्राउ परेका तीनैजनालाई मानव बेचबिखन तथा शरीर बन्धकसम्बन्धी मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । बन्धक बनाइएकी युवतीको प्रहरीले दुई दिनअघि उद्धार गरेको थियो। युवतीको शरीर बन्धक बनाउन संलग्न सबैलाई पक्राउ गरेपछि मात्र उनीहरुलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 1
Female Abducted 1
National/Online Media

0 Comments